२४ घण्टामा ८२०३ संक्रमित थपिए, ६८९१ डिस्चार्ज : १९६ को मृत्यु

०४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार २०३ जनामो कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९७९ जनाको परीक्षण गर्दा आठ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी २४ घण्टामा ६ हजार ८९१ जनाले कोरोना जितेका छन् भने १९६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ५२ हजार ४१४ पुगेको भने मृत्यु हुनेको संख्या पाँच हजार ४११ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment