नेप्से परिसूचक ३४ दशमलव ६८ प्रतिशतले बढ्यो

०४ जेठ, काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसूचक ३४ दशमलव ६८ प्रतिशतले बढेर २७९३ दशमलव ९० को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २ सय १५ वटा कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

साताको तेस्रो दिन आज (मंगलबार) नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । 

आज नेप्सेमा ११ अर्ब ३५ करोड ९३ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७७ साल माघ २६ गते सोमबार नेप्सेमा १० अर्ब ६१ करोड ९१ लाख बराबरको करोबार भएको थियो ।   

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६७ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको ३१ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, ११ कम्पनीको शेयर १० प्रतिशतको दरले बढेको छ । घलेम्दी हाइंड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, समता लघुवित्त, नेशनल हाईड्रोपावर, कालिका पावर, मिथिला लघुवित्त, विशाल बजारका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। रिदि हाईड्रोपावरको शेयर २ दशमलव ०९ प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabarshare market
Comments (0)
Add Comment