जेठ ६ देखि भक्तपुरमा भेरोसेलको दोस्रो डोज खाेप, १० वटा वडामा खोप केन्द्र तय गरियाे

०३ जेठ, काठमाडौं । भक्तपुर नगरपालिकाले जेठ ६ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन दिने भएको छ ।

वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रामा खोप लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ १७ गतेसम्म चरणबद्ध रुपमा खोप लगाइने भक्तपुर नगरपालिकाले जनाएको छ ।

खोप लगाउनको लागि नगरपालिकाले नगरपालिकाको १० वटै वडामा खोपकेन्द्र तय गरेको छ । तोकिएको मितिमा खोपकेन्द्रमा गएर खोप लगाउन नभ्याएकाहरुलाई जेठ १८ र १९ गते भक्तपुर नगरपालिकाको कार्यालय पछाडि कमलविनायक बक्सिङ हलमा जेठ १७ र १८ गते खोप लगाउने तयारी रहेको भक्तपुर नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कोभिड १९ को लक्षण देखिएको र कोरोना पुष्टि भएको ३० दिन नपुगेकाहरु खोप लगाउन नआउन आग्रह गरेको छ । एउटा वडाका मान्छे अर्काेमा र आफ्नो तालिकाभन्दा अघिपछि खोप लगाउन नआउन पनि नगरपालिकाले आग्रह गरेको छ ।

खोप केन्द्र र खोप लगाउने तालिकाको सूची तल उल्लेख गरिएकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment