प्रधानमन्त्री ओलीको शपथ दिउँसो साढे २ बजे, सपथसँगै मन्त्रिमण्डल विस्तार हुने

३१ बैशाख, काठमाडौं । सदनको सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा बिहीवार प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज दिउँसो २ :३० बजे शपथ लिदैँछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार राति ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

ओलीले बैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले संसदका बहुमत दलहरुले संविधानको धारा ७६ (२) अनुसारको सरकार गठनका लागि बिहीवार बेलुकी ९ बजेसम्मको समयसिमा दिएकी थिईन् ।

प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको उपेन्द्र – बाबुराम पक्षले बहुमतको सरकार गठनको प्रयास गरेको भएपनि उनीहरुको संख्या नपुगेपछि सरकार बनाउन सकेनन् ।

नेकपा(एमाले)को माधव नेपाल पक्षधर सांसदहरुले राजिनामा दिएर ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने प्रयत्न गरिएपनि दिउँसो ओली र नेपालबीच भेटवार्ता भएपछि संसदको ठुलो दलको नेताको हैसियतमा ओली प्रधानमन्त्री नियुक्त हुने बाटो खुलेको हो ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रीपरिषद् बिस्तार गर्ने जनाईएको छ । प्रधानमन्त्री ओलीले संविधानत्ः ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment