काठमाडौं उपत्यकामा थप ३५६२ जनामा कोरोना संक्रमित

३० बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २ हजार ७ सय ३३ , भक्तपुरका ३ सय ४८ र ललितपुरका ४ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको थियो । जसमध्ये १९ हजार ४ सय ७४ जनाको पीसीआर र ७ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा सो परिमाणमा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयमा अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ५५ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअघि बुधवार नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

corona virusdigital khabarKathmandu valleynepal
Comments (0)
Add Comment