सुनको मूल्यमा सामान्य गिरावट,तोलामा ३ सय रुपैयाँले कमी

२९ बैशाख, काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो ।

मंगलबार सुनको मूल्य तोलामा तीन सयले बबढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १३४५ रहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

businessdigital khabargold market
Comments (0)
Add Comment