आमा, संगीत र कलम

प्रमोद फुयाल
२८ बैशाख, मेलबर्न अष्ट्रेलीया ।

जब म एक्लो हुन्छु मेरी आमालाई सम्झ्न्छु
जब म एक्लै रुन्छु संगीतलाई मेरो सहयात्री बनाउछु
जब आमा र संगीत दुबै पर भाग्छ्न एउटा सन्नटा छाउछ म भित्र तब म कलम समाउछु,
मन भित्र लुकेका कुन्ठा निर्दोस कलमलाई निचोर्दै सेता पानामा कालो मसीले ओकल्न लगाउछु
कलम थाक्नु अघि जाग्छ्न म भित्रका पाँचै इन्द्रिय त्यो सन्नटालाई चिर्न तब मेरी आमालाई म चिठी मा प्रस्तुत गराउछु
अनि लेख्छु
आमा मलाई तिम्रो धेरै याद आउछ्,
आमा मलाई तिम्रो धेरै माया लाउछ्,
आमा म तिमिलाई कहिल्यै रुवाउदिन्,
आमा म तिमीलाई कहिल्यै दुखाउदिन्,
आमा म तिम्रा सबै सपना पुरा गर्छु,
आमा म तिम्रा च्यातियका चोली अब खुसीको भुवाले भर्छु,
आमा तिम्रा कठ्याङ्रीयका हात हिटर ले हैन मेरा न्याना हातले सेक्छु,
आमा तिमीले मलाई हुर्काउन जहाँ जहाँ टेक्यौ तिम्रा ति पटपट फुटेका पैताला तिम्ले घिउ घसेर बलिया पारेका मेरा पैताला तिम्रै पथ पछाउदै त्यहीं त्यहीं टेक्छु,
आमा मलाई तिम्रो माया लाउछ,
आमा मलाई तिम्रो धेरै याद आउछ

अन्तत म सुस्ताउछु,
दिवा स्वप्नबाट बिउझेर रंगीन सन्सारलाई बेरङी हासो फर्काउछु
आमाका कर्णप्रिय आवाजमा सजिएका तराबाजि र चिमुसी अझै ताजा लाग्छन मलाई
तिनै ताराबाजि र चिमुसीमा मेरो सिंगो बालापन पाउछु
प्रियसीको यादमा रचिएका संगीत खासै निको लाउनन आजकल आमाकै प्यास मेटाउन लोरी बजाउछु,
आमाकै काख सम्झी सिरान समाउछु,
फुलसँग भमरा भुलेझै पानीसँग चिनी घुले झै संगीत र कलमसँग जननि को प्यार भुलाउछु,
हो अचेल म संगीत र कलम सँग जननी को प्यार भुलाउछु…

मायारुपी वृक्ष

मलाई जन्माउनु तिम्रो रहर थीयो या कहर ?
यो एक प्रश्न भो न मैले कहिल्यै सोधे न तिम्ले कहिल्यै बतायौ
मैले बुझे यो तिम्रो एक इच्छा थीयो तिम्ले आफ्नो इच्छा रोज्यौ
त्यहीं इच्छा भित्र तिम्ले मायाको एक वृक्ष रोप्यौ
त्यहीं वृक्ष गोडयौ, मोल्यौ
ताते बाबु ताते भन्दै त्यहीं वृक्षसँग बोल्यौ
हात सँग हात जोडेउ
साथ सँग साथ जोडेउ
आधा पेटनै किन नहोस् आफ्नो भागको गास छोडेउ
त्यहीं वृक्षलाई ओत लाउन पासिनाको बास जोडेउ
आफ्नो उद्देश्य मनमै मार्यौ, मन भित्रको माया त्यो वृक्षमा सार्यौ
ओईलिन लाग्दा आफ्नो छायाँ त्यो वृक्षको समिपमा पार्यौ

आज ,
आज त्यो वृक्ष ठूलो भो
आफ्नै मोह पुज्न तिम्रो सितल छहारी छोडि अर्कैको बगैंचा मा गो
आजकाल उ अर्कैको बगैंचा मा फुल्दै छ
लालीगुराँस र सयपत्री बाट् वाक्किएको उ अचेल मन भारी पार्दै Jasmine ज्यासमीन र Dafodil ड्याफोडीलाई लाई चुम्दै छ
एक थान सगरमाथा झै उच्च सपना बोकेर पिडिको डिल काटे्को उ आज तिनै सगरमाथा बाट् पग्लिएको हिउँ बाट् निर्मित सागरमा चुर्लुम्म दुब्दा पनि सपनालाई तैराउने हर कोसिस गर्दैछ
आशाका सबै किल्ला भाचिएर मन फत्य्राकफुत्रुक गल्दा पनि आमाको आशीर्वाद अझै बाकी छ भनेर उ उच्च स्वर मा बास्दै छ, उ उच्च स्वर मा बास्दै छ…



मल्टिमिडिया ग्यालरी

coronacoviddigital khabarmother daynepalpoetry
Comments (0)
Add Comment