धेरै मानिसहरु आर्थिक संकटमा, अभिनेत्री श्रुति पनि आर्थिक संकटमा

२८ बैशाख, एजेन्सी । कोरोना भाइरसको कहरले भारतलाई पुरै हल्लाएको छ । यो महामारीले मानिसहरु मरेका मात्र छैनन्, धेरै मानिसहरु आर्थिक संकटमा पनि परेका छन् ।

यो समस्याबाट बलिउडका कलाकारहरु अछुतो छैनन् । दैनिक जागरणका अनुसार दक्षिण भारतीय फिल्मका दिग्गज अभिनेता कमल हासनकी छोरी श्रुति महामारीको समयमा पनि आफ्नो आवश्यकता पुरा गर्न काम गरिरहेकी छन् ।

‘मेरो आर्थिक अवस्था ठीक नभएका कारण यो महामारीका बीच सुटिङको लागि तयारी अवस्थामा छु । म घरमा लुकेर महामारीको समाप्तीको समय पर्खन सक्दिनँ । त्यसकारण म काममा फर्किन चाहन्छु’, उनले भनेकी छन् ।

श्रुतिले कोरोना महामारी आउनु अघि आफ्ना लागि घर किनेकी थिइन् । उनी यो घरमा परिवारमा एक्लै बस्छिन् । त्यहीकारण पनि उनले आर्थिक संकटको सामना गरिरहनु परेको छ ।

उनले आफूसँग सुटिङका अलावा अन्य पेशेवार प्रतिबद्धता रहेकाले ती कुरालाई पुरा गर्नु आफ्नो दायित्व भएको बताइन् । ‘हामी अलग अलग पैसा कमाउछौं । तर हामी सबैसँग भुक्तान गर्नका लागि बिल छ । त्यहीकारण मलाई काममा फर्कनुपर्नेछ’, उनले भनेकी छन् ।



मल्टिमिडिया ग्यालरी

BollywoodBudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownEconomichealthKathmanduLockdownMain HeadlinesnepalNewsPolitictechnology
Comments (0)
Add Comment