३ वर्षसम्म भिभोले एक्स सिरिज स्मार्टफोनमा सफ्टवेयर अपडेट उपलब्ध गराउने

२८ बैशाख, काठमाडौं । गत हप्ता ओपोले आफ्नो फाइन्ड एक्स सिरिजका स्मार्टफोनमा तीन वर्षसम्म सफ्टवयर अपडेट उपलब्ध गराउने घोषणा गरेको थियो।

यसै सिलसिलामा भिभोले पनि आज आफ्नो एक्स सिरिज स्मार्टफोनमा तीन वर्षसम्म सफ्टवयर अपडेट उपलब्ध गराउने जनाएको छ। घोषणा अनुसार भिभोले आगामी जुलाइपछि सार्वजनिक गरेका एक्स सिरिज स्मार्टफोनमा कम्तीमा तीन ओटा मुख्य एन्ड्रोइड तथा सेक्युरिटी अपडेट उपलब्ध गराउनेछ।

‘एक्स सिरिज फ्ल्यागशिप स्मार्टफोनका हार्डवयर अब्बल किसिमको र धेरै समय टिक्ने भएकाले हामीले आफ्ना उपभोक्ताहरुलाई अपेक्षाकृत सफ्टवयर अपडेट उपलब्ध गराउन खोजेका हों। हामी सधैं उपभोक्तालाई ध्यानमा राखेर नवीन सुविधाह उपलब्ध गराइरहेका हुन्छो। यस घोषणाबाट हामी आफ्न ग्राहकसँग गरेको वाचा प्रिमियम स्मार्टफोनको अनुभव लिने सम्बन्धमा अत्याधुनिक सफ्टवयर अपडेटमार्फत् पूरा गर्न चाहन्छाैं,’ भिभोका वरिष्ठ उपाध्यक्ष युजियान शी ले भने।

प्रेस विज्ञप्तिअनुसार कम्पनीले यूरोप, अस्ट्रेलिया तथा भारतीय बजारमा सार्वजनिक भएका एक्स सिरिजका फोनमा यो सुविधा उपलब्ध गराउनेछ भने यसअघिका एक्स सिरिज फोनमा सेक्युरिटी अपडेट जारी रहनेछ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthMain HeadlinesMobilenepalNewsPolitictechnology
Comments (0)
Add Comment