जर्मनीका ज्वेरेवलाई म्याड्रिड ओपन टेनिसको उपाधि

२८ बैशाख, एजेन्सी । जर्मनीका अलेक्जेन्डर ज्वेरेवले म्याड्रिड ओपन २०२१ टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । फाइनलमा मातियो बैरेतिनीलाई हराएर उनले उपाधि जितेका हुन् ।

फाइनलमा ज्वेरेवले ६–७, ६–४ र ६–३ को जित निकाले । ज्वेरेवले म्याड्रिड ओपनको उपाधि जितेको यो पहिलोपटक हो । फाइनलमा स्थान बनाउने क्रममा उनले यसअघि राफेल नाडाल र डोमिनिक थिएमलाई हराएका थिए ।

ज्वेरेवले अहिलेसम्म म्याड्रिडमा खेलेका १७ खेलमध्ये २६ खेल जितेका छन् भने दुई खेलमात्रै गुमाएका छन् । १९९५ मा जन्मिएका ज्वेरेवले अहिलेसम्म १५ वटा एटिपी टुर उपाधि जितिसकेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownGoldhealthKathmanduLockdownMain HeadlinesnepalNewsPoliticsportstechnology EconomicTennis
Comments (0)
Add Comment