तीन कम्पनीको बोनस शेयर सूचीकृत

२७ बैशाख, काठमाडौं ।सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

प्राइम कमर्सियल बैंकको १५ प्रतिशत, गणपति लघुवित्तको १५ प्रतिशत र सहारा विकास बैंकको २३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्राइम कमर्सियल बैंकले उक्त बोनस शेयर वापतको २ लाख ७७ हजार ८७४ दशमलव २५ कित्ता गणपति लघुवित्तले १ लाख ६६ हजार ११७ दशमलव ५० कित्ता र सहारा विकास बैंकले १ लाख ६७ हजार ८८८ दशमलव ०४ कित्ता शेयर सूचीकृत गराएका हुन ।

मंगलवारदेखि कारोबार योग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabarshare market
Comments (0)
Add Comment