सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा माग भन्दा बढि आवेदन

१७ बैशाख, काठमाडौं । आवदेन विक्री खुल्ला भएको पहिलो दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा माग भन्दा बढि आवेदन परेको छ ।

सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आईपिओमा पहिलो दिन नै २ गुणा बढीको आवेदन परेको छ ।

कम्पनीको आईपिओमा शुक्रबार साँझ ५ बजेसम्ममा ३ लाख ९० हजार १० जना आवेदकबाट ६५ लाख १३ हजार ९ सय २१ कित्ताको लागि आवेदन परेको हो । जुन माग भन्दा २.७८ गुणा बढी हो ।

कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको हो । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले वैशाख २१ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख १८ हजार २ सय ३० कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ता मेरो शेयर तथा सम्पूर्ण सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment