विभिन्न जिल्लामा निशेधाज्ञा जारी पछि पनि सेयर बजारमा सर्वत्र चासो : अब के होला ?

१७ बैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित १५ वटा विभिन्न जिल्लामा निशेधाज्ञा जारी गरेपछि त्यसको केही असर बजारमा पनि देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरे पनि लगानीकर्ताले भने यस साता बजारमा केही विश्वास गुमाएको देखियो ।

कोरोनाको त्रास देखाएर सेयर बजार घटाउने र राम्रा कम्पनीहरूको सेयर सस्तोमा कब्जा गर्ने प्रयास अन्तत: असफल भएको छ। दुई दिनमा झन्डै डेढ सय अंकले तल ओर्लेको सेयर बजारमा लगानीकर्ताको आत्मविश्‍वासका कारण फेरि बुलिस लयमै फर्किएको छ।

जसका कारण १.३९% ले नेप्से घटेर यस साता २६११.११ विन्दुमा बन्द भएको छ । गत साता भने नेप्से सूचक २६४८ विन्दुमा बन्द भएकोे थियो । यस साता कारोबार रकमा पनि गिरावट आएको छ ।

बिहीबार ४.३६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ३६ खर्ब भन्दा बढी कायम भएको छ । यस साता कारोबार रकम घट्दो क्रममा देखिएको छ । लगानीकर्तामा केही त्रासको माहोल पैदा भएपछि कारोबार रकममा गिरावट आएको देखिन्छ । सबैभन्दा थोरै बुधबार ३.९९ अर्ब रुपैयाँको मात्र सेयर कारोबार भएको थियो भने सबैभन्दा धेरै आइतबार ७.२८ अर्ब रुपैयाँको कारोबार भएको थियो । यस साता औसतमा दैनिक ५.४६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।

छोटो समयमा राम्रै करेक्सन सबैको चासाे अब के होला ?

पछिल्लो समय सेयर बजारमा छोटो समयमा राम्रै करेक्सन आयो । बजार करेक्सन हुँदा सेयर भाउ सस्तो भएको छ । तर यही बेला फेरि कोरोना त्रास बढेको छ । सरकारले राजधानीसहित प्रमुख सहरहरुमा लक डाउन जारी गरेको छ । यसबाट सर्वसाधारण लगानीकर्तामा केही सन्त्रास बढेको अनुमान गर्न सकिन्छ ।

तर केही समयपछि विस्तारै लगानीकर्ताको मनोबल वृद्धि हुँदै जानेछ । सन्त्रासको वातावरण केही दिनमा सकिने र विस्तारै बजारले नयाँ माहोल खडा गर्ने अनुमानहरु पनि भइरहेका छन् । किन भने लक डाउनका बेला लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । ठूला घरानाहरुको पनि काम केही समय सेयर बजारतिर नै हुने अनुमान गर्न सकिन्छ ।

अर्कोतर्फ, बजारमा यसअघि नै करेक्सन आइसकेकाले पनि माथितिर जान सहयोग पुग्ने विश्लेषकहरुको भनाई छ । बैंकिङ प्रणालीमा तरलता बढ्दै जानेछ । सेयर बजारको सिजन पनि सुरु हुँदैछ । ब्याजदर पनि सस्तो छ । यी परिदृश्यहरुमा लगानीकर्ताको आत्मबल बलियो हुन सक्यो भने सेयर बजारको आगामी दिन सकारात्मक हुन सक्नेछ ।

यस साताको बजारको आधारमा हेर्दा अन्तिम दिन बिहीबार सूचक दोहोरो अंकले बढेको छ त। कारोबार भोलुम तुलनात्मक रुपमा कम रहेको छ । आधारभूत अवस्थाका साथमा अल्पकालीन लगानीकर्ताहरुले प्राविधिक टुल्सहरुलाई पनि हेर्ने गर्नुपर्ने हुन सक्छ ।

यस साता अधिकांश सूचीकृत समूहहरुको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै होटल तथा उपर्यटन समूहमा ८.४५% गिरावट आएको छ । त्यसपछि, फाइनान्स समूह ३.६४% र विकास बैंक समूह २.६७% ले घटेको छ ।

कमाउने

यस साता महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । महिलाको सेयर भाउ ६०.९२% ले बढेको छ । आइपीओ सूचीकृत भएयता निरन्तर यस लघुवित्तको भाउ बढ्दै आएको छ । त्यसपछि, अरण भ्याली हाइड्रोपावरको सेयर भाउ ९.९२% र गुडविल फाइनान्सको ६.८४% वृद्धि भएको छ ।

गुमाउने

यस साता बोनस सेयर समायोजन भएका कारण रिलायन्स फाइनान्सको सेयर भाउ सबैभन्दा धेरै १४.९३% ले घटेको छ । त्यसपछि, चन्द्रागिरी हिल्सको भाउ १०.९१% र सिन्धु विकास बैंकको ९.७९% ले घटेको छ ।

याे पनि हेर्नुहाेस् :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment