सनराइज बैकंद्वारा समता शैक्षिक गुठीमा तीन लाख हस्तान्तरण

१६ बैशाख, काठमाडौं । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय सञ्चालन गरी ७०हजारभन्दा बढी विद्यार्थीहरुलाई मासिक एक सय रुपैयाँमा गुणस्तरीय शिक्षा दिँदै आएको समता शैक्षिक गुठीलाई रु ३ लाख सहयोग गरेको छ ।
बैंकले यस गुठी अन्तर्गतका ६ वटा प्रदेशस्थित ६ वटा विद्यालयलाई ५० हजारका दरले हुने गरी कुल रु ३ लाख रुपैयाँ सहयोग गरेको हो ।

गुठीले उक्त रकम तेकिएको विद्यालयको सञ्चालनका लागि खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पुर्याउने जनाएको छ ।

बुधबार एक कार्यक्रमबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दीपक सञ्जेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

यस्तै सञ्जेलले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको समता शैक्षिक गुठीलाई सहयोग गरेकोमा सनराइज बैंकलाई धन्यवाद दिए ।

सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्ग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडीमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment