अवैध लागूऔषधसहित पक्राउ

१६ बैशाख, मकवानपुर। भिमफेदी गाउँपालिका-२ भैसेस्थित सडकबाट करिब ३४ केजी अवैध लागूऔषध गाँजा सहित पर्सा बिन्दवासिनी गाउँपालिका-३ बस्ने २९ वर्षीय रबिन्द्र उपाध्यायलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ना.१ ज ४७३३ नम्बरको गाडीलाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी गाडीका चालक उपाध्यायलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment