नेप्सेमा आज हरीयाली : नेप्से ९२.४६ अंकले बढ्यो

१४ बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) हरियाली भएको छ ।

सोमबार भने ६५.५८ अंकले घटेर दुई हजार पाँच सय ६ दशमलब ६२ विन्दुमा थामिएको थियो ।

आज नेप्से ९२.४६ अंकले बढेर दुई हजार पाँच सय ९९ दशमलब ०८ विन्दुमा पुगेको छ भने ५ अर्ब १० करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर ८ सय ४७ रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, निफ्राको २१ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३ दशमलव ८० प्रतिशतले बढेर ५४६ रुपैयाँमा कायम भएको छ ।

त्यसैगरी आज नेपाल पुनर्बीमाको १४ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको १३ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज कारोबार भएका एउटा सबै समूह हरियाली भएका छन् भने ११ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

मंगलबार माथिल्लो तामाकोशी जलविद्युत आयोजना, बिशाल बजार कम्पनी, महिला लघुवित्त, समिट लघुवित्त, युनाइटेड इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था, अरुण भ्याली हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, उन्नती सहकार्य लघुवित्त र यूनाईटेड आइविआई मार्दी आरबी हाइड्रोपावर रहेका छन् ।

आज अपर तामाकोशी जलविद्युत आयोजनाको शेयर सर्वाधिक कारोबार भएको छ । भने यो कम्पनीका लगानीकर्ताहरु धेरै कमाउनेमा पनि परेका छन् । त्यसै गरी शेयर संख्याको हिसावले सबै भन्दा बढी कारोबार भने निफ्राको भएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment