संरक्षित उल्लु चरो सहित पक्राउ


१४ बैशाख, काभ्रे । धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङस्थित विपि राजमार्गबाट संरक्षित उल्लु प्रजातीको जस्तो देखिने जिउँदो चरो सहित रामेछाप, रामेछाप नगरपालिका-२ भिरकोट बस्ने ३४ वर्षीय केशर श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भकुण्डेबाट धुलिखेलतर्फ पैदल आइरहेका केशरलाई उक्त चरो सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रे पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment