नेप्से आज पनि राताम्मे

१३ बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो आज (सोमबार) राताम्मे भएको छ । आइतबार पनि नेप्से ७५.७६ अंकले घटेर दुई हजार पाँच सय ७२ दशमलब २१ विन्दुमा थामिएको थियो ।

आज नेप्से ६५.५८ अंकले घटेर दुई हजार पाँच सय ६ दशमलब ६२ विन्दुमा थामिएको छ भने ६ अर्ब ५९ करोड ९ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका एउटा सबै समूह राताम्मे भएका छन् भने दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment