लक्ष्मी बैंकको API Banking एपीआई बैङ्कीङ मा आधारित LxB Connect मा साझेदारीको आह्वान


१३ बैशाख, काठमाडौं । लक्ष्मी बैंकले API Banking को माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीतिबमोजिम LxB Connect नामक API Developer प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ ।

यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन् ।

LxB Connect Sandbox  इन्भाइरोमेन्टअन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको API सँग सम्बन्धित कार्यसँग एकिकरणको सम्भावनाहरुलाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सक्नहुन्छ ।

लक्ष्मी बैंकले निम्नबमोजिम खाता व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी API मा पहुँच प्रदान गर्ने छ ।
खाता व्यवस्थापनः खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने

वित्तीयः हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी, तलब भुक्तानी, सेटलमेन्ट आदी ।
गैरवित्तीयः विनिमय दर, शाखा÷ ब्त्ः हरुको जानकारी, प्रमाणिकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि

लक्ष्मी बैंकको एक परिचय

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज १२९ शाखाहरु, ५ हस्पितल काउन्टर, १५८ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ६१ शाखा सहित बैैैंकिङ्ग, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन् ।

सूचना प्रविधिको माध्यमबाट बृहतस्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा बंैक अगाडि आएको छ ।

उच्चस्तरीय संस्थागत सु–शासान संस्कार, जोखिम व्यवस्थापन प्रणाली, र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।


लक्ष्मी बैंकको भगिनी संस्थाको रुपमा माइक्रोफाइनान्स कम्पनीः लक्ष्मी लघुवित्तीय संस्था लिमिटेड बैंकको भगिनी संस्थाका रुपमा रहेको छ । राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको रुपमा स्थापना भएको यो संस्था सन् २०१२ मा भएको हो । हाल सम्म यस लघुवित्तको ७२ शाखा रहेका छन् भने संस्थाले ४० बिलियन भन्द बढी कर्जा प्रवाह गरेको छ ।


यसै गरी, लक्ष्मी बैंकको अर्को भगिनी संस्थाका रुपमा इन्भेस्टमेनट कम्पनी– लक्ष्मी क्यापिटल पनि सञ्चालित रहेको छ । धितोपत्र बोर्डबाट विभिन्न मर्चेन्ट तथा इन्भेस्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यकासाथ यो संस्था सन् २००९ देखि सञ्चालित रहेको छ । लक्ष्मी क्यापितलले लक्ष्मी इक्वीटि फन्ट र लक्ष्मी उन्नतिकोष गरी दुई वटा म्युच्युअल फन्ड पनि जारी गरी नेपाल स्टक एक्स्चेनजमा सूचिकृति समेत गरेको छ ।

बैंकले आर्थिक वर्ष २०१९÷२० मा आफ्नो ब्यालेन्सिटको आकार १२९ अर्ब पु¥याएको छ । जसमा १००.०७ अर्ब डिपोजिट तथा ८९.८९ अर्ब कर्जा रहेको छ । बैंका अन्य सूचकांकहरु नियामक निकायले तोके बमोजिम रहेका छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment