काठमाडौँमा निषेधाज्ञा लागु गर्न छलफलमा सिडिओहरु

१३ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्दै गएपछि निषेधाज्ञासहितका प्रतिबन्धात्मक उपायहरु लागु गर्ने विकल्पबारे काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुबिच छलफल भइरहेको छ ।

काठमाडौँ, ललितपुर तथा भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबिच संक्रमण रोकथामका लागि निषेधाज्ञा लागु गर्ने तथा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने विकल्पमाथि छलफल भइरहेको हो ।

सोमबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग छलफल गरेका थिए । त्यसपछि उनीहरु आपसमा परामर्शमा जुटेका हुन् । सो छलफलमा वैशाख १६ गते अर्थात आउँदो बिहीबारदेखि निषेधाज्ञा लागु गर्ने प्रस्ताव पेश भएको थियो ।

आपसमा छलफल गरेपछि अहिले फेरि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु गृह सचिव न्यौपानेसहितको वार्तामा छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘हामी अहिले सचिव ज्यूसहितका छलफलमा छौँ

१६ गतेदेखि निषेधाज्ञा लगाउने प्रस्ताव पेश भएको हो । तर निर्णय भएको छैन । हामी छलफलमै छौँ । संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक उपाय लाग्न सक्छ, तर कहिलेदेखि र के के कुरामा रोक लाग्ने वा बन्द हुने छ भन्ने अहिले नै भन्न सकिँदैन ।’



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment