भारतमा एकैदिन ३ लाख ३२ हजारमा कोरोना संक्रमण

११ बैशाख, एजेन्सी । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ३२ हजार ७३० जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा दुई हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८६ हजार ९२० पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ६२ लाख ६३ हजार ६९५ पुगेको तथ्यांक छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment