आज बुधबार नेप्से दोहोरो अंकले घट्यो

०८ बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा पुगेको थियो ।

आज नेप्से ३२.४१ अंकले घटेर दुई हजार छ सय ३२ दशमलब २० विन्दुमा थामिएको छ भने ५ अर्ब ७७ करोड २२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये म्युचुअल फण्ड समूह बाहेक अन्यसबै समूह बढेका छन् ।

त्यस्तै, आज चार कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज पोजेटिभ सर्किट लाग्नेमा ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तिय संस्था, हिमाल दोलखा हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंक कम्पनी रहेका छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment