कोरोनाको मिटर रेड लाइनमा तर्फ: आज थपिए कोरोनाका नयाँ १२८१ संक्रमित

०६ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

७ हजार जनाको आरटी पीसीसी परीक्षण गर्दा १ हजार २२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै,  ५४७ जनाको एन्टीजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको छ। गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।

पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ७ हजार २५४ पुगेको छ । त्यस्तै, आइसीयूमा ४० जना, भेन्टिलेटरमा २४ जना र संस्थागत आइसोलेसनमा १९० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यका ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाण्डौमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment