नेप्सेमा आज भारी अंकको गिरावट

०५ बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (आइतबार) भारी अंकको गिरावट आएको छ । आज नेप्से ३५.८९ अंकले घटेर दुई हजार छ सय ९९ दशमलब ५१ विन्दुमा थामिएको छ ।

नेप्सेका अनुसार आज ८ अर्ब ८० करोड १८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये एक समूह बाहेक अन्य सबै समूह घटेका छन् ।

त्यस्तै, आज चार कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । आज सर्वाधिक शेयर बढ्नेमा महिला लघुवित्त वित्तिय संस्था, ज्याति लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड र दिव्याश्वरी हाइड्रोपावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेका छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment