पुरानो बसपार्क स्थित सिटि मार्केटका सटरका व्यापारीहरुले भाडा नतिरेपछि महानगरपालिकाद्वारा सटरमा ताला

०२ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्व रहेको पुरानो बसपार्क स्थित सिटि मार्केटका केही पसलहरुमा आज ताला तथा सिल्ड गरेको छ । पुरानो वसपार्कमा रहेका २०/२५ वटा सटरका व्यापारीहरुले भाडा बक्यौता बाँकी रहेको र तिर्न पर्ने रकम नतिरेको कारण पूर्व सू चाना अनुसार नै सटरमा ताला लगाएको महानगरले जानकारी दियो ।

का म न पा -२८ साबिकको पुरानो बसपार्क स्थित सिटि मार्केटका २०/२५ वटा सटरका भाडा व्यापारीहरुले नदिएपछी महानगरपालिकाले सटर खाली गर्न भन्दै जानकारी दिएको र माइकिङ पनि गरेको , सो पश्चात पनि सटर खाली नभएपछी आज करिब २ बजे तिरको समयमा सटरमा ताला लगाएको हो ।

उक्त समयमा सटरको भाडा तिर्ने व्यापारी र महानगरपालिका प्रतिनिधि बिच बिबाद भएको छ । सो जग्गा महानगर अन्तर्गतको सरकारी जग्गा रहेको छ । भने महानगरपालिकले सटरमा ताल्चा लगाउने भएपछी व्यापारीहरुले नाराबाजी गरेका थिए । उनीहरुले हामिले सरकारलाइ कर तिरेका छौ, दादागिरी चल्दैन, राष्ट्रपति र प्रधानमन्त्री हाम्रा हुन लगायत नारावाजी गरेका छन् ।

प्रहरीले हट्न भन्दापनी अटेर गरेपछी करिब २४/२५ जनालाइ प्रहरिले नियन्त्रणमा लिएको छ ।

उक्त सटर कवलहरुमा महानगरपालिकाको टोलिले ३ बजेर ३६ मिनेटमा सटर सिल गरेको गरेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment