अमेरिकी राजदूत बेरीले दिए नेपाली भाषामै नयाँ वर्षको शुभकामना

०१ बैशाख, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नयाँ वर्षको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली भाषामा नयाँ वर्ष २०७८ सालको शुभकामना दिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नव बर्ष २०७८ को हार्दिक शुभकामना । म, मेरो परिवार, तथा नेपालस्थित अमेरिकी मिशनको तर्फबाट तपाईंहरूको यो वर्ष खुशी, उमङ्ग, सफलता, र सुस्वाथ्यले भरीपूर्ण रहोस् भन्ने कामना व्यक्त गर्न चाहन्छौं।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment