इजरायली दूतावासद्वारा राष्ट्रिय ट्रमा सेन्टरलाई स्वास्थ्य उपकरण प्रदान

०१ बैैैैशाख, काठमाडौं । इजरायली दूतावासले कोरोना भाइरसको रोकथाम र अन्य स्वास्थ्य सेवाहरूको लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।इजरायली दूतावासले एबीजी मेशिन र बिरामी मोनिटर राष्ट्रिय ट्रमा सेन्टरलाई प्रदान गरेको हो । नेपालका लागि इजरायलका राजदूत हनान गोडरले आज औपचारिक रूपमा चिकित्सा उपकरण हस्तान्तरण गरेको अस्पतालको भ्रमण गर्नुभएको छ।

राजदूत गोडरले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र अस्पतालका वरिष्ठ डाक्टरहरूसँग भेट गर्नुभएर अस्पताल टोलीसँग भविष्यमा सहयोगको सम्भावनाको बारेमा छलफल गर्नुभएको छ ।

नेपालको चिकित्सा क्षेत्रमा योगदान पुर्‍याउन सन्तुष्टि व्यक्त गर्दै राजदूत गोडरले भने, “कोरोना महामारीको संकटलाई सम्हाल्न यो सहयोग आवश्यक छ। हामी यस महामारीको उपचार गर्ने आश्चर्यजनक कार्यका लागि चिकित्सा टोलीलाई अभिवादन गर्दछौं। ”

ट्रामा केयर प्रणालीलाई सर्वश्रेष्ठका रूपमा प्रशंसा गर्दै ट्रामा सेन्टरका प्रमुख चिकित्सा अधीक्षक डा. सन्तोष पौडेलले इजरायलबाट टेक्निकल इनपुटहरू ल्याएर विज्ञहरुबाट मानव संसाधन क्षमताको निर्माण गरी ट्रामा सेन्टरलाई इजरायलले सहयोग पुर्‍याउन चाहेको बताउनुभयो।

दूतावासले नेपालसँग चिकित्सा क्षेत्रलगायत बिभिन्न क्षेत्रमा निरन्तर गहिरो सहयो गर्ने चाहेको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment