सेतो मच्छिन्द्रनाथको रथ निर्माण सुरु

३१ चैत, काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथ निर्माण कार्य सुरु गरिएको छ । वैशाख ७ गतेबाट सुरु हुने जात्राका लागि रथ बनाउन थालिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिका अध्यक्ष निलकाजी शाक्यले जानकारी दिए ।

कोरोना महामारीका कारण गत वर्ष जात्रा राेकिन पुगेकाे थियाे । यस वर्ष स्वास्थ्य सावधानी अपनाएर जात्रा मनाउने तयारी गरिएको छ ।

रथयात्राका लागि विभिन्न उपसमिति बनाएर तयारी भइरहेको समितिले जनाएकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment