२०७७ सालको अन्तिम दिन शेयर बजार उच्च विन्दुमा

३१ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र २५ गते बुधबार नेप्से दुई हजार छ सय ८४ दशमलब ७८ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २३.२३ अंकले बढेर दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज ७ अर्ब १४ करोड ३१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये सात समूह बाहेक अन्य सबै समूह बढेका छन् ।  आज ६ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । 

आज दिनभरिमा २ सय ९ वटा कम्पनीको १ करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १४ करोड रुपैयाँको शेयर करोबार भएको छ।आज सबैभन्दा धेरै नबिल बैंककोे शेयर कारोबार भएको छ। आज नबिल बैंककोे २८ करोड ६२ लाख रुपैयाँको शेयर करोबार भएको छ । नेपाल बैंककोे २८ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, एनआईशी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् भने माउन्टेन इनर्जीका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।

ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले ४ दशमलव २७ प्रतिशतका दरले गुमाएक छन् भने लक्ष्मी लघुवित्तका लगानीकर्ताले ४ दशमलव २७ प्रतिशतका दरले गुमाएका छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment