मेलम्चीको पानी वितरणका क्रममा सडक खन्न पाउने सहमति

२८ चैत्र, काठमाडौँ । राजधानीमा मेलम्चीको पानी वितरणका क्रममा हुनसक्ने चुहावट नियन्त्रण तथा मर्मत गर्ने क्रममा सडक खन्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सडक विभागबीच सहमति भएको छ ।

केयूकेएलका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले पानी वितरणको क्रममा पाइनलाइनबाट हुने गरेका चुहावटको नियन्त्रण तथा मर्मतका लागि सडक खन्नुपर्ने भएकाले सोको स्वीकृतिका लागि शुक्रबार केयूकेएल र सडक विभागबीच सहमति भएको जानकारी दिनुभयो । चुहावट नियन्त्रणका लागि सडक विभागले स्वीकृति दिएको बताउँदै उहाँले मर्मतका क्रममा खनिएको सडकलाई सडक विभागले मर्मत गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुहावट नियन्त्रण तथा मर्मतका लागि मौजुदा सूची निर्माण भई निर्माण व्यसायीहरू तयारी अवस्थामा रहेका छन् । त्यसैगरी आवश्यक सामग्रीहरू समेत तयारी अवस्थामा रहेका छन् ।’ यो खबर आजको गाेरखापत्र दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment