नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त चारजना मन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्ती : शपथग्रहण हुदै

२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरिनुभएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त गरेका छन् ।

माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्त गरेका हुन् ।

पुनः मन्त्री पदमा नियुक्त हुनुभएका उहाँहरुको शपथ कार्यक्रम शुक्रबार अपराह्न ५ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ ।

माओवादी केन्द्रकाले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो ।

बिहीबार सांसदबाट पदमुक्त हुनुभएका उहाँहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका थिए । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment