अजोड इन्स्योरेन्स लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव स्थगित

२६ चैत, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव स्थगित गरेको छ । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम आगामी साधारण सभाका लागि तय गरिएको हकप्रद शेयर निष्कासनको प्रस्ताव स्थगित गरेको हो ।

कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितीको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित साधारण सभा गर्ने निर्णय गरेको थियो ।

बीमा समितीले चैत २३ गते कम्पनीलाई हकप्रद शेयर निष्कासनको प्रस्ताव स्थगित गर्न निर्देशन दिएको जानकारी कम्पनीले नेप्सेमा जारी सुचनामा उल्लेख छ । कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितीको आकस्मिक बैठकले पूँजी वृद्धि तथा हकप्रद शेयर जारी गर्ने प्रस्ताव हाललाई स्थगित गर्ने निर्णय गरेको जानकारी समेत उक्त सुचनामा गराईएको छ ।

कम्पनीको हकप्रद शेयर सुचना सार्वजनिक हुनुअघि नै अस्वभाविक रुपले शेयर मूल्य बढेपछि आम लगानीकर्ताहरु भित्रि कारोबारको आरोप लगाउँदै विरोधमा उत्रिएका हुन । चौतर्फि विरोधपछि नियामक निकाय बीमा समितिले अजोडलाई हकप्रद शेयर निष्कासन प्रस्ताव स्थगित गर्न निर्देशन दिएको हो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment