पानीको उपयोग नगर्नेले शुल्क र जरिवाना नतिर्नु

२२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाप्राप्त नगरेका सेवाग्राहीले सेवा शुल्क र त्यस वापतको कुनै जरिवाना तिर्नु नपर्ने बताउनु भएको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण आयोजनाको समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै आज उहाँले यस्तो बताउनु भएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सम्बोधनका क्रममा उपत्यकाका धेरै घरहरुमा एक थोपा पानी नआउँदा पनि उपत्यकावासी पानीको शुल्क र जरिवाना तिर्न बाध्य भएको भन्दै त्यस्ता सेवाग्राहीलाई शुल्क–जरिवाना मिनाह गर्न कार्यक्रममा उपस्थित राष्ट्रपति र प्रधानमन्त्री समक्ष प्रस्ताव राख्नुभएको थियो ।

प्रमुख शाक्यको उक्त प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री ओलीले सेवा प्राप्त नगरेका सेवाग्राहीबाट सेवामा शुल्क र अझ त्यसमा पनि जरिवानालिने गरेको कुरा सुन्दा अचम्म लागेको बताउनुभयो । ‘जसले सेवा नै प्राप्त गरेको छैन उसले सेवा नै प्राप्त नगरी सेवा शुल्क तिर्ने कुरा हुँनै सक्दैन । यो भएको छ भने सच्याइने छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यो कुनै पनि निकायबाट भएको छ भने भन्न चाहन्छु, जहाँ सेवा दिएको छैन त्यहाँ सेवा शुल्क लिन पाइदैन । जुन सेवा लिन मिल्दैन त्यो सेवामा जरिमान गर्न झन मिल्दैन ।’

उहाँले सेवाग्राहीलाई सेवा दिन नसक्नु सरकारको कमजोरी भएको भन्दै त्यस्तो अवस्थामा सेवाग्राहीलाई जरिवाना तिराउने कुरा सम्भव नहुने बताउनुभयो । ‘सरकारले सेवा उपलब्ध गराउन सकेको छैन । सेवा पुर्याउन नसकेकोमा क्षमा याचना गर्नुपर्ने ठाउँमा उल्दै जरिवाना सरकारले तिराउने कुरा हुँदैन,’ उहाँले भन्नुभयो, ‘सेवाप्राप्त नगरेका सेवाग्राहीले सेवा शुल्क पनि तिर्नु पर्दैन र त्यस वापत कुनै जरिवाना पनि तिर्नुपर्दैन ।’
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले आजको दिन काठमाडौँबासीका लागि उत्साह दिन भएको भन्दै यस्तो उत्सवमा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।

उहाँले धेरै सयमयदेखि उपत्यकामा खानेपानीको हाहाकार भएको सबैलाई स्मरण नै रहेको भन्दै मेलम्चीको पानी उपत्यकावासीले पिउने सपना साकार भएकोमा खुशी व्यक्त गर्नुभयो । ‘मेलम्चीको पानी उपत्यकामा आउँदै गर्दा अहिले पनि सबै धारामा पानी पुग्ने अवस्था छैन । कतिपय ठाउँमा नयाँ पाइप विच्छाइएको छ भने कतिपय ठाउँमा पुरानै पाइपबाट वितरण भैरहेको छ,’ काठमाडौँ महानगरपालिकाको प्रमुख, उपत्यका नगरपालिका फोरमको अध्यक्ष र खानेपानी आयोजनाको उपभोक्ताको हैसियतले हैसियतले भन्न चाहन्छु, ‘सबै ठाउँमा नयाँ पाइप विच्छाउने कुरामा सम्वन्धित नियकायको ध्यान पुगोस भन्ने चाहन्छु ।

उहाँले अहिले पनि काठमाडौँ महानगरपालिकाले सडक बनाउँदै जाने र मेलम्ची खानेपानीले खन्दै जाने भएकाले धेरै बजेट खन्ने र पुर्नेमै खर्च भैरहेको स्मरण गराउनुभयो । ‘हामी बनाउनमा र उहाँहरु खन्नमा प्रतिस्पर्धा गर्ने हुँदा आजको मितिबाट त्यो प्रतिस्पर्धाको अन्त्य हुनेछ भन्ने मैले विश्वास लिएको छु, ‘अब सडकलाई चिल्लो बनाउने हिलो–धुलोमुक्त बनाउने अभियानमा लागेका छौँ । त्यो अभियानले सार्थकता पाउने छ । हामी केन्द्र र प्रदेश सरकारसँग पनि सहकार्य गरेर अघि बढ्छौँ ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment