सिम्रौनगढस्थित रामजानकी मन्दिरमा ऐतिहासिक इँटा फेला

२२ चैत, काठमाडौँ । पुरातत्व विभाग काठमाडौंले प्रदेश नम्बर २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीर्णोद्धार गर्दा करिब २४० वर्ष पुरानो कलात्मक इँटा फेला पारेको छ ।

सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित सो मन्दिरको जीर्णोद्धार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो । सो इँटा विसं १८३५ र १९३५ को हुनसक्ने बताइएको छ । फेला परेको उक्त इँटामा विसं उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले जानकारी दिए ।

उक्त इँटा फेला परेपछि त्यहाँ विसं १९३५ भन्दा पहिले देखि नै मन्दिर रहेको अनुमान गरिएको छ । सो ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रुपमा रहेको सिम्रौनगढका उचित संरक्षण हुन सकेको छैन ।

रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment