दिनेशले अञ्जलीलाई धोका दिँदै भने ‘हत्ते नहाल’

१९ चैत्त, काठमाडौं । लोकप्रिय गायक तथा मोडल दिनेश थापा, लोकप्रिय गायिका भावना आचार्य र कामना वलीको सहकार्यमा नयाँ गीत सार्वजनिक भएको छ ‘हत्ते नहाल’ । दिपक शर्माको शब्द तथा संगीतमा तयार भएको यस गीत पूर्वेली लोकभाकालाई फ्यूजन गर्दै तयार पारिएको लोक दोहोरी गीत हो ।

लोकदोहोरीको क्षेत्रमा ख्याति कमाएका गायक थापासँगै गायिकाद्वय आचार्य र वलीको सहकार्यमा यो गीतलाई सार्वजनिक गरिएको हो । गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । यस गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् ।
गीतको म्यूजिक भिडियोमा गायक दिनेश थापासँग अञ्जली अधिकारीको फिचर्ड गरिएको छ । अनिल के. मानन्धरको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् ।

दिनशन शाहको भिडियो सम्पादन रहेको यस भिडियोलाई गायक दिनेश थापाको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस भिडियोमा गोदाबरी रिसोर्ट वरिपरिको दृश्यलाई कैद गरिएको छ ।

गायिका भावना आचार्यको चर्चित गीतहरु बग्ने खोला बगी गो, माया बस्ला फेरि, जब माया नजिकै लगायतका गीतहरु बजारमा आइसकेका छन् । त्यस्तै गायक दिनेश थापाको स्वरमा बोली नफेर, पानी मिठो कलकल कुवाको लगायतका दर्जनौं गीत रहेका छन् भने उनको मोडलिङमा पनि दर्जनौं गीतहरु बजारमा उपलब्ध छन् । त्यस्तै कामना वलीका पनि धेरै गीत बजारमा आइसकेका छन् । यी तीनै जना प्रत्यक्ष लाइभ दोहोरीमा खप्पिस हुन् ।

हत्ते नहाल गीतका विषयमा गायक थापाले भने विवाहपछि कसैसँग परेको मायाप्रेमलाई प्रस्तुत गरिएको छ । गीतलाई मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिन थापाले अनुरोध गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment