९ सयले बढ्यो सुनको मूल्य,प्रतितोला कति ?

१९ चैत, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा प्रतितोला ९ सय रुपैंयाँले बढेर छापावाल सुनको मूल्य ८६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन ८६ हजार ५० मा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।

हिजोको तुलनामा आज प्रतितोला रु १५ ले बढेर १२ सय १० मा चाँदी कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment