मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

१८ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गरिएको छ ।

मंगलबार नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताउनुभएको छ । यसअघि दिएको थियो ।

१० पुषमा नेकपा माओवादी केन्द्र र खनाल–नेपाल समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव ९ माघमा प्रदेशसभामा पेश गरिएको थियो ।

नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरुविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएसँगै मंगलबार मुख्यमन्त्री पौडेलविरुद्धको अविस्वासको प्रस्ताव फिर्ता लिइएकेको हो ।

माओवादी केन्द्र र नेपाल–खनाल समूहले दर्ता गरेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता भइसकेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment