आज थपिए कोरोनाका १६७ नयाँ संक्रमित

१७ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाका १६७ संक्रमित थपिएका छन् । यो संख्या संगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै तीन हजार १४० जनाको आरटीपीसीआर परीक्षण गरेकोमा १६७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११५ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ३९० जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ । कोरोनाबाट निको हुने दर ९८.४ प्रतिशत छ ।

पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको र कोरोनाकै कारणले चौबीस घण्टामा तीन जनाको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ३० जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस् :



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment