ओसाका मियामी ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश

१७ चैत, एजेन्सी । लजापानी खेलाडी नोआमी ओसाका मियामी ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

मंगलबार बिहान भएको खेलमा बेल्जियमकी एलिस मेर्टेन्सलाई पराजित गर्दै ओसाकाले क्वाटरफाइनलमा स्थान पक्का गरेकी हुन् ।

दोस्रो वरियताकी ओसाकाले १६ औं वरियताकी मेर्टेन्समाथि ६-३ र ६-३ को सेटमा जित निकालिन ।

ओसाका पहिलो पटक मियामी ओपनको क्वाटरफाइनलमा पुगेकी हुन् ।

अब ओसाकाले ग्रीसकी मारिया सक्कारीसँग खेल्ने छिन् ।

विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी पनि क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

बार्टीले १४ औं वरियताकी भिक्टोरिया अजारिन्जालाई ६-१,१-६ र ६-२ को सेटमा पराजित गरिन् ।

कोरोना भाईरसको महामारीपछि बार्टीले पहिलो पटक विदेशी प्रतियोगिता खेलेकी हुन् ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment