ओप्पो ब्याण्ड स्टाइलको पनि बिक्री खुल्ला

११ चैत, काठमाडौं । ओप्पोले नेपालमा एफ१९ प्रोको बिक्री सुरु गरेको छ । कम्पनीले देशभर रहेका प्रमुख अफलाइन रिटेल स्टोर्समार्फत मंगलबारबाट स्मार्टफोनको बिक्री खुल्ला गरेको हो । मार्च १६ मा एक अनलाइन लञ्च इभेन्टमार्फत ओप्पोले नेपालमा ओप्पो एफ१९ प्रोका साथमा ओप्पो ब्याण्ड स्टाइल र ओप्पो एफ१९ सार्वजनिक गरेको थियो ।

नेपालमा ओप्पोको तेस्रो अनलाइन लाइभ लञ्च इभेन्टमा नेपाली मनोरञ्जनजगत्का चर्चित हस्तीहरू, ओप्पोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिक/गीतकार तथा संगीतकार तृष्णा गुरुङ्ग र पारम्परिक नेपाली लोक वाद्यवादन उपकरण इन्सेम्बल कुटुम्ब ब्याण्डलगायतको उपस्थिति थियो । ८ जीबी ¥याम र १२८जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओप्पो एफ१९ प्रोको मूल्य नेपालमा ४४ हजार नौ सय ९० रूपैयाँ तोकिएको छ । कम्पनीले स्मार्टफोन फ्यान्ट्यास्टिक पर्पल र फ्ल्युइड ब्ल्याक गरी दुई रंगमा उपलब्ध गराएको छ ।

ओप्पो एफ१९ प्रोमा ६.४३ इन्च पञ्च–होल एमोलेड डिस्प्लेका साथमा सेल्फीका लागि ३२ एमपी फ्रण्ट फेसिङ क्यामेरा दिइएको छ । यस स्मार्टफोनको ब्याक प्यानलमा ४८ एमपी क्वाड क्यामेरासहित चारवटा क्यामेरा सेन्सरको व्यवस्था गरिएको छ । तिनमा ४८ एमपीको प्राइमरी क्यामेरा, आठ एमपी अल्ट्रा वाइट, २ एमपी माक्रो र २ एमपी मोनो क्यामेरा रहेका छन् । अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफ सिरिज परिचित छ ।

एफ१९ प्रोमा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ । थ्रीडी कभ्र्ड ब्याट्री र ७.८एमएम अल्ट्रा स्लिम बडीसहितको यो फोनको वजन जम्मा १७२ ग्राम मात्र रहेको छ । एप स्टार्टअप टाइममा तीव्रताका साथै, थप प्रतिक्रियात्मक अनस्क्रिन टच र न्यून ल्यागका लागि एफ१९ प्रोमा २.२ जीएचजेडसम्म सञ्चालन हुने २ एआरएम कोरटेक्स ए७५ प्राइम कोर्स र २.० जीएचजेडसम्म क्षमताका साथ सञ्चालन हुने ६ एआरएम कोरटेक्स ए५५ सहितको शक्तिशाली मिडियाटेक हेलियो पी९५ ओक्टाकोर प्रोसेसरको प्रयोग गरिएको छ ।

त्यसैगरी, फोनको प्रदर्शनीमा अझ उत्कृष्टता दिने सोचक साथ यसमा ३० वाट भोक फ्ल्यास चार्ज ४.० प्रविधि सुसज्जित ४,३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । साथै, प्रयोगकर्ताको सुरक्षामा विशेष ध्यान दिँदै फोनमा इनडिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र उपकरण अनलकिङका लागि फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ । ओप्पो एफ१९ प्रोमा कलरओएस ११ सञ्चालन प्रणालीको व्यवस्था गरिएको छ । यसले गर्दा ओप्पो एफ१९ प्रो मल्टिटास्किङ गरिरहनुपर्ने प्रयोगकर्ताहरूका लागि तीव्र कार्य सम्पादनका लागि उपयुक्त छ ।

ओपो ब्याण्ड स्टाइलको पनि विक्रि खुल्ला
एफ१९ प्रोका साथै ओपोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै ओपो ब्याण्ड स्टाइल पनि मंगलबार बाटै विक्री वितरण शुरु गरेको छ । पाँच हजार ५ सय ९९ रुपैयाँ तोकिएको ओपो ब्याण्ड स्टाईल कालो र भ्यानिला गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको कम्पनीको भनाई छ । यसमा कम्पनीले आकर्षक मेटल बकल डिजाइन अपनाएको छ । यो डिजाइनका कारण प्रयोगकर्ताले रिस्ट ब्याण्डलाई लगाउँदा आफ्नो आराम अनुसार आवश्यकता र आरामदायिता अनुभवका लागि ३६० डिग्री सम्म समायोजन गर्न सक्छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment