बार्सिलोनाको आधादर्जन गोल

०९ चैत, एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला ला लिगामा रियल सोसिडाडमाथि सानदार जित हात पारेको छ ।
बार्सिलोनाले रियस सोसिडाडमाथि उसकै मैदानमा ६–१ को सानदार जित निकालेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र सर्जिनो डेस्टले समान दुई गोल गर्दा एन्टोइन ग्रिजमन र औसमाने डेम्बेलेले समान एक गोल गरे । सोसिडाडका एन्डर बारेनेटसेयाले एक गोल फर्काए ।

खेलको ३७औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ४३औं मिनेटमा सर्जिनो डेस्टले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । ५३औं मिनेटमा सर्जिनो डेस्टले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए ।

५६औं मिनेटमा कप्तान लियोनेल मेस्सीले थोल गरेपछि बार्सिलोना फराकिलो जिततर्फ अग्रसर बन्यो । ७१औं मिनेटमा डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई ५–० ले अघि बढाए । ७७औं मिनेटमा एन्डरले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए । ८९औं मिनेटमा कप्तान लियोनेल मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौ गोल गर्दै बार्सिलोनालाई ६–१ को सानदार जित दिलाए ।

जितपछि बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको २८ खेलबाट ६२ अंक पुगेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ६६ छ । पराजित रियल सोसिडाड ४५ अंक जोडेर पाँचौ स्थानमा छ ।



मल्टिमिडिया ग्यालरी

footballmessinepalsports
Comments (0)
Add Comment