सिंगटी हाइड्रोको आईपीओ पहिलो दिनमा २ लाख ५० हजारभन्दा बढीको आवेदन

०६ चैत, काठमाडौं । सिंगटी हाइड्रोको आईपीओ पहिलो दिनमा २ लाख ५० हजारभन्दा बढीको आवेदन परेको छ । शुक्रबारदेखि आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा गरेको हो ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा १ दशमलव ५७ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पहिलो दिन साझ साढे ५ बजेसम्म २ लाख ५० हजार ४२५ जना आवेदकले रू. ४२ करोड ३१ लाख १७ हजार बराबरको ४२ लाख ३१ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन ।

कम्पनीले आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो ।

यो आईपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहमागी सम्पूर्ण बैंक तथा वित्तीयसस्थाबाट पनि आवेदन दिन सकिनेछ । साथै सिडिएससीको मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment