सम्बन्ध विच्छेदको पाँच वर्षपछि अभिनेत्री जोलीले आफ्नो पूर्वपतिमाथि घरेलु हिंसाको आरोप

०५ चैत्र, एजेन्सी । अभिनेत्री एन्जेलीना जोली र अभिनेता ब्राड पिट सन् २०१६ मा अलग भएका थिए । सम्बन्ध विच्छेदको पाँच वर्षपछि अभिनेत्री जोलीले आफ्नो पूर्वपतिमाथि घरेलु हिंसाको आरोप लगाएकी छन् ।

अदालतमा सम्बन्ध विच्छेदको सुनुवाइको समयमा ब्राडले आफूमाथि घरेलु हिंसा गरेको र त्यसको आफूसँग प्रमाण भएको उनको आरोप छ ।

जोलीले १२ मार्चमा अदालतमा ब्राडविरुद्ध निवेदन पेश गरेकी छन् । आवश्यक परे उनी र उनका नाबालक बच्चाहरु पनि बयान दिन तयार भएको पनि उनको निवेदनमा उल्लेख गरिएको छ ।

एन्जेलिना र ब्राडका ६ सन्तान छन् । जसमा जेठो सन्तान १९ वर्षका र कान्छो १२ वर्षका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment