चन्द्रागिरी हिल्सको मूल्य आज पनि उच्च दरमै वृद्धि

०५ चैत, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य बिहीवार पनि उच्च दरमा बढेको छ । दोस्रो बजारमा कारोबार शुरु गरेको दिनदेखिनै कम्पनीको शेयरमूल्य उच्च दरमा बढ्दै आएको छ ।  

बिहीवार २८ औं दिनमा पनि कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत बढेर रू. १ हजार २९२ पुगेको हो । कारोबार खुला भएदेखिनै सूचीकृत २१० ओटा कम्पनीमध्यकै सर्वाधिक खरीद चाप रहेकाले पनि कम्पनीको शेयरमूल्यमा निरन्तर बृद्धि भएको हो । प्रतिकित्ता रू. १६१ मा खुलेको कम्पनीको शेयर मूल्य एक महीनाको कारोबार अवधिभित्रै हजारभन्दा माथि पुगेको हो । 

बिहीवार पनि कमपनीको शेयर खरीद चाप उच्च रहेको छ । यो समाचार तयार पार्दाको समय ११ : ३३ बजेसम्ममा विक्रीकर्ता शून्य रहेको अवस्थामा छन् भने खरीदमाग ४ लाख ८४ हजार ८४ कित्ता शेयर रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment