४० अंकले उकालो लाग्यो सेयर बजार

०४ चैत, काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको चौथो कारोवार दिन आज बुधबार बजार परिसुचक ४० दसमलव चार अंकले उकालो लागेर २४ सय ३२ दसमलव १४ अंकमा पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ११ अंकले उकालो लागेर चार सय ३८ दसमलव ६० अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गतका दुई सय १२ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ४४ हजार छ सय ९७ पटकको कारोवारमा ८६ लाख २६ हजार छ सय ६७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुुल कारोवार रकम भने तीन अर्ब ३७ करोड ४५ लाख ५२ हजार एक सय ७८ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये बाँणिज्य बैंक, बिकास बैक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुबित्त सहितका सबै समुहको सुचक उकालो लागेकाछन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment