नेपाल लिकर्सको नयाँ ब्राण्ड “मिस्टर डोवल्स नम्बर वान” लक्जरी बजारमा

०३ चैत, काठमाडौं । नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लग्जरी बजारमा ल्याएको छ । स्मुदेस्ट नम्बर वन लक्जरी ट्यागसहित मिस्टर डोवल्स नम्बर वान बजारमा उपलब्ध भएको हो । कम्पनीले एक विशेष कार्यक्रमका बीच सो ब्राण्डलाई सार्वजनिक गरेको हो ।

सात सय ५०, तीन सय ७५, र एक सय ८० मिलिलिटरको बोतलमा यो ब्राण्ड बजारमा उपलब्ध छ । यी ब्राण्डहरु क्रमशः नौ सय २० रुपैयाँ, चार सय ६० रुपैयाँ र दुई सय ३० रुपैयाँ बजार मूल्यमा उपलब्ध रहेको नेपाल लिकर्स प्रालिले जनाएको छ ।

नेपाल लिकर्स प्रालिका अध्यक्ष राजेशवीर सिंह तुलाधारले नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्राण्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले मिस्टर डोवल्स नम्बर वानलाई बजारमा ल्याइएको बताए । विश्व प्रख्यात ब्राण्डहरुको उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिका एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लु रिबन्ड जीनजस्ता ब्राण्डहरु उपभोक्तामाझ लोकप्रिय छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment