Advertisement

नेपाल लिकर्सको नयाँ ब्राण्ड “मिस्टर डोवल्स नम्बर वान” लक्जरी बजारमा

0 529

Advertisement

०३ चैत, काठमाडौं । नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लग्जरी बजारमा ल्याएको छ । स्मुदेस्ट नम्बर वन लक्जरी ट्यागसहित मिस्टर डोवल्स नम्बर वान बजारमा उपलब्ध भएको हो । कम्पनीले एक विशेष कार्यक्रमका बीच सो ब्राण्डलाई सार्वजनिक गरेको हो ।

सात सय ५०, तीन सय ७५, र एक सय ८० मिलिलिटरको बोतलमा यो ब्राण्ड बजारमा उपलब्ध छ । यी ब्राण्डहरु क्रमशः नौ सय २० रुपैयाँ, चार सय ६० रुपैयाँ र दुई सय ३० रुपैयाँ बजार मूल्यमा उपलब्ध रहेको नेपाल लिकर्स प्रालिले जनाएको छ ।

नेपाल लिकर्स प्रालिका अध्यक्ष राजेशवीर सिंह तुलाधारले नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्राण्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले मिस्टर डोवल्स नम्बर वानलाई बजारमा ल्याइएको बताए । विश्व प्रख्यात ब्राण्डहरुको उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिका एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लु रिबन्ड जीनजस्ता ब्राण्डहरु उपभोक्तामाझ लोकप्रिय छन् ।facebook sharing button



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.