नोकियाले १०८ मेगापिक्सेल क्यामेरा भएको प्रिमियम स्मार्टफोन ल्याउँदै

०२ चैत, काठमाडौं । यो साता नोकियाको बारेमा कम्पनीले आधिकारिक रुपमा दिएको र हल्ला चलेको दुवै विषय चर्चामा छन् । आधिकारिक जानकारी यो छ कि नोकिया ब्राण्डको मुख्य कम्पनी एचएमडी ग्लोबलले आउँदो अप्रिल ८ तारिखमा मोबाइल तथा विभिन्न डिभाइस सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।

जहाँ हामीले नोकियाको हालसम्मकै प्रिमियम स्मार्टफोन सार्वजनिक हुने अपेक्षा गरिरहेका छौं । उक्त कार्यक्रममा कुन स्मार्टफोन सार्वजनिक हुन्छ भन्ने विषयमा भने कम्पनीले खुलाएको छैन ।

Nokia April 8 event
यस्तोमा हल्लालाई आधार मान्ने हो भने उक्त कार्यक्रममा नोकिया टेन सार्वजनिक हुनेछ । हाल कम्पनीको उच्च गतिको फोनमा नोकिया ८.३ फाइभजी र नोकिया ९ पियोरभ्यु रहेका छन् ।

त्यसैले पनि अब कम्पनीले नोकिया टेन सार्वजनिक गर्नसक्ने अनुमान गरिएको हो । हालसम्म प्राप्त जानकारी अनुसार उक्त फोनमा क्वालकम स्न्यापड्रागन ७७५ प्रोसेसर रहने छ ।

फोनको पछाडि भागमा पाँचओटा क्यामेरा रहने छन् । त्यसमध्ये मुख्य क्यामेरा १०८ मेगापिक्सेलको रहने अनुमान छ ।

फोरके/६० फ्रेम पर सेकेण्ड भिडियो रेकर्डिङ सपोर्ट गर्ने उक्त फोन फाइभजीमा आधारित छ । त्यस्तै यसमा वाईफाई सिक्स ई नेटवर्क सपोर्ट समेत रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment