लेस्टरको ५ गोल! युनाइेट पनि विजयी

०२ चैत, एजेन्सी । केलिची इहेनाचोको ह्याट्रिक मद्दतमा लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि ५–० को सानदार जित निकालेको छ ।

घरेलु मैदानमा लेस्टरको सानदार जितमा एयोजी पेरेजले एक गोल थप्दा एक गोल उपहार पाएको थियो । किङ पावर स्टेडियममा ३९औं मिनेटमा जेमी भार्डीको पासमा केलिची इहेनाचोको गोलबाट लेस्टरले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ६४औं मिनेटमा एयोजी पेरेजले मार्क अल्ब्राइटनको पासमा गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे ।

६९औं मिनेटमा जेमी भार्डीको पासमा केलिचीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लेस्टरलाई सहज जिततर्फ अघि बढाए । ७८आं मिनेटमा केलिचीले विल्फ्रेड एनडिडिको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि लेस्टरले खेलमा ४–० को आरामदायी अग्रता दिलाए ।

८०औं मिनेटमा इथान अम्पाडुले आत्मघाती गोल गरेपछि लेस्टरले ५–० को फराकिलो जित निकाल्न सफल भयो । जितसँगै तेस्रो स्थानमा रहेको लेस्टको २९ खेलबाट ५६ अंक पुगेको छ । पराजित सेफिल्ड १४ अंक जोडेर पुछारमा रहेको छ ।

अर्काे खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई १–० ले पराजित गरेको छ । युनाइटेडको जितमा क्रेइग डावासनको आत्मघाती गोल नै निर्णायक बन्यो ।

जितपछि युनाइटेडले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ । युनाइटेडको २९ खेलबाट ५७ अंक पुगेको छ । एक खेल बढी खेलेको म्यानचेस्टर सिटीको ७१ अंक छ । युनाइटेड सिटीभन्दा १४ अंकले पछि छ । पराजित वेस्टह्याम ४८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment