प्रिमियर लिग फुटबलमा एभर्टनको जित

१८ फागुन, एजेन्सी । गएराति भएको इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकालेको छ ।

सोमबार राति भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरेका छन् ।

रिचार्लिसनले खेलको नवौं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै एभर्टनले २५ खेलमा ४३ अंक जोडेको छ । एभर्टन लिगको सातौं स्थानमा रहेको छ ।

साउथह्याम्पटन २६ खेलमा ३० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabarfootballpremier league englandsports
Comments (0)
Add Comment